काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ छ। विहीबार भारतीय रूपैयाँ एकसयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
यस्तै आज एक अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ भने एक युरोको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ७० पैसा र बिक्री दर १६९ रूपैयाँ ४६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३३ पैसा र बिक्री दर ३६ रूपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


