काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले हरेक वर्षको बजेटमा कर्णालीलाई विशेष प्राथमिकता दिएको बताएका छन् ।
उनले आज कालिकोटको सुनथराली विमानस्थल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
कालिकोटका नागरिकलाई यातायातमा सहज हुनेगरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बताए।
उपप्रधानमन्त्री खड्काले हरेक बजेटमा कर्णालीलाई प्राथमिकता दिएको भन्दै यहाँको समस्याबारे आफू जानकार रहेको पनि बताए। शिक्षा, स्वास्थ र पूर्वाधारको विकासमा सबै दलहरू एकजुट हुनुपर्नेमा उनको जोड छ।


