काठमाडौं। आज शेयर बजारमा उछाल आएको छ । आज सेयर बजार परिसूचक ९ मिनेटमै १११.२० अंकले बढेको हो।
तेस्रो सर्किटपछि कारोबार आजका लागि बन्द भएको छ। सेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आइतबार कारोबार बन्द भएको हो।
बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि बन्द भएको थियो। त्यसपछि खुलेको बजारमा पनि बढ्ने क्रमले निरन्तरता पायो।
पहिलो सर्किट ब्रेकपछि खुलेको २ मिनेटमै वृद्धि ५ प्रतिशत पुगेपछि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो। ११ बजेर २७ मिनेट जाँदा बजार ५ प्रतिशतले बढेको थियो।
त्यसपछि १२ बजेर ७ मिनेटमा खुलेको बजार २ मिनेटमै ६ प्रतिशतले बढ्यो। त्यसपछि कारोबार बन्द भएको हो। नेप्से १९६३.९८ अंकमा पुगेको छ।
९ मिनेटमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।


