काठमाडौं । सरकारले संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रतिनिधिसभाको आजको बैठकमा ‘संघीय निजामती सेवा विधेयक, २०८०’ पेस गरेका हुन् ।
विधेयक पेस गर्दै मन्त्री जोशीले राज्यको पुनर्संरचनासँगसँगै प्रशासनिक पुनर्संरचना प्रस्ताव संघीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा, सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयताअनुरूप सञ्चालन, व्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्न कानुन ल्याइएको बताए।
उनले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्थाअनुरूप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने आवश्यकता रहेका औँल्याए।


