काठमाडौं । आज बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकले संसदको गतिरोध हटाउने भएको छ ।
प्रधानमन्त्रीको अभिब्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद अवरुद्ध गरेपटि आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा संसदको गतिरोध हटाउने विषयमा सहमति भएसँगै बैठक सुचारु हुने भएको हो ।
कांग्रेस नेता रमेश लेखकले आज ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने जानकारी दिए ।
दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिने छन् ।


