काठमाडौं । संघीय संसद्को महासचिवका लागि पद्मप्रसाद पाण्डेयको नाम सिफारिस भएको छ। संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले आइतबार राजीनामा दिएपछि उनको नामा सिफारिस भएको हो ।
संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिवमा प्रतिनिधि सभाका सचिव पाण्डेयको नाम सिफारिस भएको हो।


