काठमाडौं । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
सभापति पशुपति शमशेर जबराले समितिको बैठकले सबै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको जानकारी दिए।
सर्वोच्चका प्रस्तावित न्यायाधीशका रुपमा अब्दुल अजिज मुसलमान, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, सारङ्गा सुवेदी, सुनिल पोखरेल र टेकप्रसाद ढुङ्गानाको नाम न्याय परिषद्बाट सिफारिस भएको थियो।


