काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मणिराम गेलालको शहरी विकास मन्त्रालयको सचिवमा सरुवा भएको छ। उनलाई गत बिहीबार बसेको मन्त्रिपरिषद् शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो ।
मंगलबार पत्र बुझेका गेलालले बुधबार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्।
यसअघि सहसचिव हुँदा शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा प्रभावकारी कार्यसम्पादन गरेका थिए। यसअघि पनि गेलालको शहरी विकास मन्त्रालयमा सरुवा गर्ने मन्त्रिपरिषद्मा सहमति भए पनि विभिन्न कारणले हुन सकेको थिएन।


