काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले जनताले अहिलेको सत्ता गठबन्धनको तमासा हेरिरहेको टिप्पणी गरेका छन् ।
उपाध्यक्ष पौडेलले आइतबार बिहान सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संसदबाट दोस्रो पटक विश्वासको मत पाएको लामो समय बित्दा पनि मन्त्रिमण्डल विस्तार नगरेर गठबन्धनले तमासा गरिरहेको टिप्पणी गरेका हुन् ।
‘हामी सुन्दैछौं ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ । दलहरु हामीलाई यति सिट, उति सिट चाहिन्छ भनेर सार्वजनिकरुपमै दाबी गरिरहेका छन्,’ उपाध्यक्ष पौडेलले भने, ‘जनताले गठबन्धनको तमासा हेरिहेका छन् ।’


