काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सहकारी ठगीमा संलग्नता रहेको भन्दै संसदमा विषय उठाएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग आज यस विषयमा छलफल गर्ने भएका छन् । बैठक बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरवारमा बस्न लागेको हो ।
कांग्रेसले चैत २७ (भोलि)देखि संसद बैठक नै अबरुद्ध गर्ने चेतावनी दिएपछि सोही विषयमा छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।


