काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारकै कारणले गर्दा देश संकटमा परेको टिप्पणी गरेका छन्।
महासचिव पोखरेलले बुधबार नेकपा एमाले सिन्धुपाल्चोकले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई चौतारामा सम्बोधन गर्दै सरकारको नीतिका कारण राज्य टाट पल्टिने तर सरकारको निकटका एक जना उद्योगी अरबपति बन्ने स्थिति आएको बताए।
यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको उनले बताए। नेकपा एमाले आफ्नो विचारमा स्पष्ट भएकोले देशलाई निकास दिन सक्ने पोखरेलले दाबी गरे।


