काठमाडौं । अहिलेको सरकारमा सहभागी हुने वा समर्थन फिर्ता लिन विषयमा निर्णय गर्न आज राष्ट्रिय स्वतन्त्र पार्टीका बैठक बस्दै छ ।
त्यसका लागि आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । सरकारबारे निर्णय गर्न साँझ ५ बजे बैठक बस्ने रास्वपाका एक नेताले जानकारी दिए । नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर उसले सरकारको समर्थन भने कायमै राखेको छ ।
‘


