काठमाडौं । सरकारले चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको १२ करोड तिरिदिने भएको छ। धुर्मुस–सुन्तली फाउन्डेशनले दाबी गरेको १८ करोडमध्ये १२ करोड ऋण सरकारले तिरिदिने भएको हो ।
सरकारले सो ऋण रकमबारे छानविन गर्नका लागि समिति बनाएको थियो। उक्त छानविन समितिले साढे १२ करोडमात्रै ऋण मूल्याकंन निकाल्दै प्रतिवेदन बुझाएको थियो।
साढे १२ करोड ऋण तिरेपछि सम्पूर्ण स्वामित्व लिँदै सरकारले बाँकी निर्माणको काम अघि बढाउनेछ। जसका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पससँग आवश्यक प्राविधिक सहयोग लिने तयारी पनि भएको ती मन्त्रीले जानकारी दिए।


