काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव अधिकारलाई सरकारले उच्च सम्मान गर्ने बताएका छन् ।
उनले मंगलबार सिंहदरबारमा आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भने,’सुशासन, पारदर्शिता, जवाफदेहिता, कानुनको शासनको जगमा मानव अधिकारमैत्री व्यवस्था सुनिश्चित गर्नु सरकारको प्राथमिकता हो ।’ उनले मानव अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
‘नेपालको संविधान, कानुन, आवधिक योजना, सरकारका नीति तथा कार्यक्रम, संस्थागत व्यवस्था सबैको आधारस्तम्भ मानव अधिकार नै हो प्रधानमन्त्री दाहालले भने।’
मानव अधिकारसँग सम्बन्धित अधिकांश अधिकार संविधानको मौलिक हकका समावेश गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मानव अधिकारको


