काठमाडौं । सरकार र लघुवित्तपीडित संघर्ष समितिबीच सहमति भएको छ ।
उनीहरुबीच शुक्रबार अर्थ मन्त्रालयमा भएको छलफलपछि सहमति भएको हो ।
सहमति पत्रमा अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख नारायण प्रसाद रिसाल र पीडित संघर्ष समितिको तर्फबाट वार्ता टोली संयोजकन पुनाराम ज्ञवालीले हस्ताक्षर गरेका छन् ।


