काठमाडौं । देवेन्द्रराज ढकाल सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा भएका छन् । उनलाई आज बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद खाली थियो ।
न्याय सेवा आयोगले सर्वोच्च अदालतका सहरजिष्ट्रार विमल पौडेललाई रजिष्ट्रारमा बढुवा गरेको छ ।
न्याय सेवा आयोगले न्याय सेवाका ५ जना सहसचिवहरुको सरुवा पनि गरेको छ ।


