काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल सुनसरीले एक करोड चौरासी लाख एकाउन्न हजार एक सय बयानब्बे रुपैया बराबरको अबैध सामन बरामद गरेको छ ।
सशस्त्रले कोशी गाउँपालिका वडा नम्बर ८ र वडा नम्बर ३ जमुवा चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा राजश्व अनुसन्धान कार्यालय इटहरीको आवश्यक समन्वयमा प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट खटिएको मोबाईल गस्ती टोलीले मोरङ्गबाट काठमाण्डौतर्फ जादै गरेको ना.५ ख ४३१ नंम्बरको कन्टेनर ट्रक र बिओपि श्रीपुरबाट खटिएको मोवाईल गस्ती टोलीले ना.३ ख ४५७९ नं को कन्टेनर चेकजाँच गर्ने क्रममा कन्टेनर ट्रकमा लोड गरी लैजादै गरेको जुत्ता र गार्मेन्ट्सको दुबै ट्रकमा लोड गरेको सामानहरु बिराटनगर भन्सार कार्यालयबाट जारी गरीएको प्रज्ञापन पत्र बमोजिम रु उन्नपचास लाख उन्नसाठी हजार चार सय बयानब्बे उल्लेख भएको र VCTS Document 8081000085537 एक करोड चौविस लाख एकाउन्न हजार एकसय बयानब्बे उल्लेख भएको पाईएकोले प्रज्ञापन पत्रमा र VCTS मा रकम फरक पर्न गएकोले राजश्व छलीको आशंकामा दुबै सवारी साधनको अन्दाजी मुल्य साठी लाख गरी जम्मा मुल्य रु एक करोड चौरासी लाख एकाउन्न हजार एक सय बयानब्बे बराबरको दुबै सवारी साधन र सामान नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको जानकारी दिएको छ ।


