काठमाडौं । सरकारले रिक्त रहेको सात देशमा राजूदत नियुक्तिको तयारी गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदले विहीबार राष्ट्रिय सभामा विनियोजित विधेयक २०८० माथि छलफलमा क्रममा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ बिहीबार दिँदै उक्त कुरा बताएका हुन्।
हाल स्थायी नियोग न्यूयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, यूएई र कुवेत गरी ७ वटा मुलुकमा राजदूत पद रिक्त रहेका छन्। राजदूतहरुको नियुक्तिमा कम्तीमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाटै नियुक्त गरिँदै आएको छ । यस अघि परराष्ट्रका क्याडर जाने देशमा पनि राजनीतिक नियुक्ति गर्न बालुवाटार र धुम्बाराहीको जोड चलिरहेको बुझिन्छ ।


