सान् फ्रान्सिस्को । यही अप्रिल १४ मा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा हुने नेपाल डे परेडको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रम मुल आयोजक समितिले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो ।

एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाले नेपाल डे परेडको लागि ९९ प्रतिशत तयाारी पुरा भएको बताए । उनले यो परेड अमेरिका बस्ने नेपालीहरुको लागि निकै नै महत्वपूर्ण रहेको बताए । नेपाल र नेपालीको पहिचानलाई विश्वसामु चिनाउन यसले सहयोग गर्ने ओझाले बताए ।
यसैगरी कार्यक्रमकै आयोजक रहेको नेपाली जनजाति महासंघ क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामाले नेपाल र नेपालीको भाषा, कला, धर्म र संस्कृतिलाई कसरी विश्वसामु चिनाउने भनेर यो पटक बे ऐरियामा कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै यस क्षेत्रमा बसोबास गर्ने नेपाली जनजाती समुदाय तामाङ, गरुङ, मगर ,शेर्पा, राई, लिम्बु नेवार लगायत सबैलाई आ आफ्नो मौलिक भेषभुषा लगाएर कार्यक्रममा सहभागिता जनाउन आग्रह गरे ।

नेपाललाई विश्व सामु चिनाउने उदेश्यले प्रत्येक बर्ष एनआरएन क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्नियामा नेपाल परेड डे मनाउदै आएकोमा यो पटक देखि नेपाल आदिवासी जनजाति महासंघ, सहित करिब ३ दर्जन भन्दा बढि नेपाली संघ सस्था समेत कार्यक्रममा आयोजक बनेर सहभागि जनाएको छन् । यो पटक कार्यक्रमलाई अझ विषेश बनाउन अन्तर राज्य भलिबल खेल समेत आयोजन गरिएको
एनआरएनए क्यालिफोर्निया पश्चिम क्षेत्रका संयोजक विष्णु खत्रीले उक्त परेडमा २९ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको आरोही कामी रिता शेर्पा सहितको टोलीलाई सम्मान गरिने बताउँदै नेपालका क्रिकेटर पारस खड्कको सहभागिता, रहने भएकाले पनि यसको बेग्लै महत्व रहेको बताए । खत्रीले नेवार समुदायको कुमारी एवं लाखे नाच, तामाङ समुदायको टुङ्ना र डम्फु नाच, शेर्पा समुदायको दुम्जिी नाच, गुरुङको मारुणी र घाटु, राईदायको साकेला अनि छ्ब्रुङ, नेपाली लोक पञ्चे बाजा लगायत नेपाली सांस्कृतिक र मौलिक प्रर्दशनी हुने जानकारी दिए ।


