काठमाडौं । सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेशसभा (क) नेपाली कांग्रेसकी उम्मेदवार मसिना खड्का भण्डारी निर्वाचित भएकी छिन् ।
खड्काले १४ हजार ६ सय ५२ मत ल्याएर विजयी भएकी हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका युद्धविक्रम लामाले १३२२५ मत पाए ।
नेपाली कांग्रेस वागमती प्रदेश सदस्य रहेकी उनी स्वास्थ्य सामग्री ब्ययसायीसमेत हुन् ।


