काठमाडौं । केही दिनदेखि नेपाली बजारमा मूल्यको नयाँ रेकर्ड राख्दै आएको सुनको मूल्य शुक्रबार एकैदिन २१ सयले बढेको छ । यो मूल्यले अहिलेसम्मकै उच्च रहेको सुनचाँदी संघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार (हिजो०)छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।


