काठमाडौं । शेयर कारोबार भएको दोस्रो दिन सोमबार नेप्से २२.६५ अंकले बढेको छ। आज करिब १ अर्ब २९ करोड ८५ लाखको कारोबार भएको छ ।
सोमबार १७८ कम्पनीको मूल्यमा बढेको छ भने ३३ कम्पनीको मूल्यमा भने गिरावाट आएको छ। यद्यपि, ३ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन।
सोमबार सबै उपसूचकहरुमा हरियाली छाएको छ। जीवन बीमा ९४.३१, निर्जीवन बीमा ८३.५० ले बढेको छ। त्यस्तै, व्यापार उपसमूह ७७.३१, होटल तथा पर्यटन क्षेत्र ६७.६१, विकास बैंक ६२.९४, विद्युत ५६.५९, वित्तिय क्षेत्र २७.१३ अंकले बढेको छ।
सोमबार धेरै कमाउनेमा यूनिक नेपाल लघुवित्त, न्यादी हाइड्रो, नयाँ सारथी लघुवित्त, मानुषि लघुवित्त, विध्यवासिनी हाइड्रो रहेका छन्।


