काठमाडौं । मंगलबार पनि शेयर बजार परिसूचक (नेप्से) मा झिनो अंकले कमी आएको छ । आज नेप्से ०.४० अंकले घटेको हो ।
मंगलबार ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँको कारोबार भएको छ ।
यसदिन मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको ६।२० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स ५५ करोडको कारोबार गरी शीर्षस्थानमा रह्यो। यसैगरी अपी पावरको १८ करोड,एनआरएन इन्फ्रास्टक्चरको १३ करोड,नगदी ग्रुपको ११ करोड र सोनापुरको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।


