काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत भएर जान चाहने कर्मचारीसँग निवेदन माग गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सङ्घीय सरकारले खटाउने व्यवस्था गरेको छ ।
स्थानीय सरकार ऐन ०७४ को दफा ८८ (४) बमोजिम मन्त्रालयले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था रहेकोले रिक्त स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत रुपमा कामकाजमा खटिन इच्छुक र एउटै निकाय वा कार्यालयमा लामो न्यूनतम अवधिभन्दा बढी समयदेखि कार्यरत नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह द्धितीय र तृतीय श्रेणीका कर्मचारीहरुले आफ्नो अद्यावद्यिक वैयक्तिक विवरणसहित भाद्र २८ गतेभित्र आफू खटिन चाहेको स्थानीय तहको प्रथामिकतासहित सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखामा इमेल पठाउन मन्त्रालयले भन्दै मन्त्रालयले निवेदन माग गरेको हो ।
स्थानीय तहका प्रमुख प्रशासकीय टिकाउन संघीय सरकारलाई लागि चुनौति बन्दै आइरहेको छ ।
सामान्य प्रशसन मन्त्रालयका अनुसार झण्डै २४० कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा स्थानीय तहमा खटाएकोमा सय चालिस हाराहारी कर्मचारी मात्र खटाइएको ठाउँमा गए पनि एक सय हाराहारी कर्मचारी विभिन्न बहानामा खटाएको स्थानीय तहमा नगएको मन्त्रालयले जनाएको छ ।


