स्वास्थ्यकर्मीमाथि हातपात प्रकरण : पाटन अस्पतालमा इमर्जेन्सी सेवा ठप्प
स्वास्थ्यकर्मीमाथि हातपात प्रकरण : पाटन अस्पतालमा इमर्जेन्सी सेवा ठप्प
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडौं । स्वास्थ्यकर्मीमाथि हातपात गरेको भन्दै पाटन अस्पतालले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् । औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै शनिबार आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।
गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो। त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए।
शनिबार दिउँसो पाटन अस्पतालमा भर्ना भएका बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएको पाँच मिनेट भित्रै उनीहरुको मृत्यु भएको थियो

