काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा कार्यरत कर्मचारीहरू हाजिरी गर्ने र व्यक्तिगत काममा निस्कने गुनासो बढेपछि कर्मचारीमाथि निगरानी गरेको छ।
बिहीबार सिंहदरबारको दक्षिण गेटमा राष्ट्रिय सतर्कता केन्द्रले हाजिरी गरेर निस्केका कर्मचारीमाथि यसरी निगरानी गरेको थियो।
छड्के अनुगमन दिनभर नै हुनसक्ने राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्ण अधिकारीले बताए । ‘कार्यालय समय १० बजे अफिस आउने त्यसपछि हाजिर गरेर निस्किने कर्मचारीको लागि अनुगमन गरिएको हो । सचिवज्युले आदेश दिनुभएको हो । १० बजेदेखि १२ बजेसम्म अनुगमन गरेका छौँ,’ उनले भने ।


