काठमाडौं । प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।
प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


