काठमाडौं । नेपाल प्रहरीका १६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।
सरुवा सुची अनुसार मानव बेचबिखन अनुसन्धान ब्युरोमा ओमबहादुर राना गएका छन् भने पोखरा तालिम केन्द्रमा मुकुन्द मरासिनी, दुधौली तालिम केन्द्रमा प्रवीण पोखरेल, धनुषा तालिम केन्द्रमा गोपालचन्द्र भट्टराई, सुर्खेत तालिम केन्द्रमा राजेन्द्रप्रसाद भट्ट र दीपायल तालिम केन्द्रमा कृष्णबहादुर पल्ली मगरको सरुवा भएको छ


