काठमाडौं । सरकारले २८ जना सहसचिवको एकैपटक सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलाई भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ । भरतपुरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।


