काठमाडौं । ३० जना उपसचिवहरु पदस्थापन भएका छन् । । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
सरुवाको सूची अनुसार ९ जना उपसचिवलाई जिल्ला समन्वय समितिको कार्यालयमा पदस्थापन गरिएको छ । जिससमा पदस्थापन भएका उपसचिवहरुमा नारायणप्रसाद भट्टराई खोटाङ,विष्णु प्रसाद पौडेललाई प्यूठान,देवर्षि सापकोटालाई भोजपुर,सावित्री श्रेष्ठ सल्यान, अकबर प्रधानलाई झापामा खटाइएको छ ।
यस्तै,अयोध्या प्रसाद भण्डारीलाई रोल्पामा पठाइएको छ भने रामकुमार कार्की सिन्धुली,नरेन्द्रबहादुर पाललाई कञ्चनपुरमा खटाइएको छ र बुद्धि बहादुर खत्रीलाई जाजरकोट पठाइएको छ ।
१० उपसचिवलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ भने ५ उपसचिवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र १ उपसचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन पाएका छन् ।