काठमाडौं । ४४ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवा सिफारिस समितिको बैठकले सामान्य प्रशासन समूहका ३० जना शाखा अधिकृतलाई सोही समूहको उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
नेपाल प्रशासन सेवाको सामान्य प्रशासन सेवामा शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि १ सय ९५ जनाले उम्मेदवारी दिए पनि १ सय ८९ जनाको उम्मेदवारी कायम भएको थियो । शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुनेमा पहिलो नम्बरमा शोभाकर पाण्डेय रहेका छन् ।
।


