काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार ६ जना एसएसपीको सरुवा गरेका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ भने विभागमा रहेका वसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी पाएका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ । परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा अपराध अनुसन्धान कार्यालय आएका छन् ।
प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेको पनि सरुवा भएको छ । उनको कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा भएको हो ।
कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई काफ्लेको ठाउँमा हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।


