काठमाडौं –कतारमा जारी फिफा विश्वकपमा आज फाइनल खेल हुँदैछ । फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनललाई रोचक खेलको रुपमा हेरिएको छ।
अर्जेन्टिनाले सन् १९७८ र १९८६ गरेर दुई पटक विश्वकपको उपाधि जितेको थियो । सन् १९३०, १९९० र २०१४ मा फाइनल पुगेर अर्जेन्टिना घर फर्किएको थियो। दुई पटक उपाधि उचालेको अर्जेन्टिनाले पाँच पटक विश्वकपको फाइनल खेलेको छ।
छैटौं पटक फाइनल खेल्न पुगेको अर्जेन्टिना कप्तान लियोनल मेस्सीको नेतृत्वमा विश्वकप उपाधि उचालेर विश्व फुटबलमा आफ्नो नाम लेखाउन चाहन्छ। उमेरका कारण मेस्सीले अर्को विश्वकप खेल्ने वा नखेल्ने टुंगो नभएकाले पनि अर्जेन्टिनालाई यो विश्वकप जित्नैपर्ने दबाब छ।


