काठमाडौं । आजबाट सोनाम ल्होसार २८५९ सुरु भएको छ।
सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ। तामाङलगायत हिमाली समुदाय ह्योल्मो आदिले मान्ने ल्होछार चान्द्रमानको पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदामा सुरु हुन्छ।
प्रत्येक वर्ष एकरएक वटा जनावर तथा चराचुरुंगीको नाममा फेरिने ल्हो अर्थात वर्ग अनुसार यो वर्ष बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको छ। सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन भव्य रूपमा मनाउँदै आएका छन्।


