काठमाडौं। आजदेखि सुपर मादी हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आइपीओ बिक्री खुला गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३१ लाख ५० हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो।
स्थानीयलाई छुट्याइएकोमध्ये पनि अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्याएको छ भने आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरूको लागि ७ लाख ३५ हजार कित्ता सुरक्षित गरिएको छ ।


