काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रूपमा लिएको बताएका छन् ।
उनले मंगलबारदेखि काठमाडौंमा सुरु भएको ‘पावर समिट–२०२३’ लाई सम्बोधनका क्रममा मुलुकलाई आर्थिक रूपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा अत्यावश्यक रहेको बताएका हुन् ।
नेपालले मौसमी रूपमा नै भए पनि उपभोग गर्नेभन्दा बढी ऊर्जा उत्पादन गर्छ भन्ने विश्वसामु घोषणा गर्न पाउँदा ठूलो गर्व लागेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका लगानीकर्ता र सरकारको साझा प्रयासबाट जलविद्युत् परियोजनाको विकासको गतिलाई थप तीव्र पार्दा नतिजा हासिल भएको बताए ।
ु


