काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
आज बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। यस्तै अन्तिम नामावली प्रकाशन ९ बजे हुने एमालेले जनाएको छ।
त्यसपछि ११ बजेसम्मका लागि उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ। दिउँसो ४ बजे भने उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
मतदान भने बिहीबार बिहान ११ बजे राखिएको छ। मंगलबारको कार्यक्रममा ग्रुप विभाजन गरेर छलफल गरिएको थिए। साथै नेताहरुले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेका थिए।


