काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सरकारमा हुँदा सुरु गरेका राम्रा कामहरु अहिलेको सरकारले रोकेको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री ओलीले शनिबार मध्य पहाडी लोकमार्ग पदयात्राको क्रम अछाम सदरमुकाम मंगलसेनमा आयोजना गरेको सभामा आफ्नो धारणा राख्ने क्रममा यस्तो आरोप लगाएका हुन् ।
ओलीले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी खटिन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।
‘ढिलोमा ०८४ को निर्वाचमा एमाले एक्लैले बहुमत नल्याए देश बरबाद हुन्छ । एमालेको बहुमत ल्याउने गरी लाग्नुहोस्’ ओलीले भने, ‘नेकपा एमाले बाहेक अरू कसैले देशको विकास गर्न सक्दैन ।’
‘
पछिल्लो समय देशमा अराजकता मच्चिरहेको उनले बताए बताए ।


