काठमाडौं । औपचारिक भ्रमणमा हिजो नेपाल आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीसँग आज बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गर्दैछन् ।
उनीहरुबीच हरने भेटवार्तामा ६ वटा एमओयुमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए । राईका अनुसार नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने तय भएको छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम छ ।
होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको राजासहितको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो नेपालबाट फर्किने कार्यक्रम छ ।


