काठमाडौं । आज नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदै छ ।
बलात्कारको आरोप लागेका लामिछाने पछिल्लोपटक विश्वकप छनोटका लागि जिम्बाव्बे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन । नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले भने लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो ।


