काठमाडौं । चितवन–२ को मतगणना सुरु गर्नेबारेको सर्वदलीय बैठक केहीबेर अघि सकिएको छ । सहमति अनुसार आज दिउँसो साढे १ बजेदेखि मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ।
यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक कांग्रेसका कारण बस्न सकेको थिएन । यहाँ रास्वपाका रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठसपहित २२ जना उम्मेदवार छन् ।


