काठमाडौं । नेपाल आयल निगमले दसैंको बिदामा पनि डिपो खुला रहने बताएको छ ।
उसले कार्यतालिका प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको हो । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन्।
इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ।


