काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गरेरै छाड्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
मन्त्री श्रेष्ठले बिहीबार नेकपा (एकीकृत समाजवादी) का नेता तथा जनवर्गीय संगठनका नेतासँग छलफलमा दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको दाबी गरे ।
उनले भने, ‘निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन्, ।’ श्रेष्ठले यो कार्य सामान्य भ्रष्टाचार मात्रै नभएर संगठित अपराध भएको उल्लेख गर्दै अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाइ छ ।
‘


