काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी रकम दसैंअघि नै प्रदान गरिने प्रतिवद्धता ब्यक्त गरेका छन्।
मन्त्री महतले शुक्रबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
‘असार मसान्तसम्ममा ६० देखि ७० अर्ब तिरिसकेका छौं। अब ६ देखि ७ अर्ब जति बाँकी होला, त्यो भुक्तानी हुन्छ,’ उनले भने।
यस्तै, महतले बाहिर आएजस्तो देशमा आर्थिक संकट चरम अवस्थामा नभएको बताए। केही हदसम्म समस्या भए पनि बाहिर देखिए जस्तो आर्थिक संकट नभएको उनको भनाइ थियो।


