काठमाडौं । हिजो भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।
विजयी भएका वैद्यले ४३ मत पाए भने उनका प्रत्यासीहरु अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत मात्रै प्राप्त गर्न सके ।
यसैगरी वस्तुगत उपाध्यक्षमा विजयी ढकाल ६१ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले सात मत पाएको निर्वाचन समितिले जनाएको छ । तीन उपाध्यक्षमध्य एशोसिएटतर्फको मतगणना जारी छ ।
वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु भएको छैन । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् ।


