काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताएका छन् ।
आइतबार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूसँगको परिचयात्मक कार्यक्रममा उनले पार्टीहरूलाई राष्ट्रहितको बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताए । कांग्रेसले सबैसँग सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु भूमिका खेल्नुपर्नेमा उनको जोड थियो । उनलाई राष्ट्रियसभा अध्यक्ष बनाउन अहिलेको गठबन्धन दलहरुबीच कुराकानी भइरहेको छ ।


