काठमाडौं । मेलम्ची आयोजनामा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुलाई मेलम्ची खानेपानी आयोजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।
अख्तियारले पूर्वसचिव सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनाका ३ जना कार्यकारी निर्देशक, ३ जना बोर्ड सदस्य र कर्मचारी गरी १५ जना, ठेकेदार र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । खानेपानी मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदा मेलम्ची खानेपानी विकास समितिका बोर्ड अध्यक्षको भूमिकामा हुने भएकाले पूर्वसचिव शर्मा, उपाध्याय र ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा लागेको हो ।
