काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्रीलाई सच्चिन चेतावनी दिएका छन् । उनले विहीबार तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले पनि आफू नसच्चिए सिंहदबारको कुर्सीबाट ल्याएर सडकमा पछार्ने अभिव्यक्ति दिए ।
उनले भने, ‘हामीले कानून मान्यौं निषेधित क्षेत्र तोडेनौं प्रचण्डजीलाई पनि चेतावनी दिन चाहन्छु तपाईं सच्चिनुभएन भने तपाईंको ३२ सिटे पार्टी र तपाईं जोगिन नेपाली जनताको भविष्य अन्धकारमय बनाउनुभयो भने सिंहदबारको कुर्सीबाट ल्याएर माइतीघरमा होकि तीनकुनेको सडकमा पर्छार्ने हो त्यो तागत एमालेसँग छ ।’


