काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन तोलामा एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलामा एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ ।


