काठमाडौं । नाबालिगलाई बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाई दिएको छ । मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले उनलाई सफाई दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरुद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।
नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक–पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो । पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएको थियो ।


